Kathmandu Press

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभबीच भेट

रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी  भएको बताइएको छ। 
अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभबीच भेट

नयाँ दिल्ली, फागुन २० : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ।

रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी  भएको बताइएको छ। 

Hardik ivf

भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो। करिब १० मिनेटसम्म चलेको वार्तामा  सामान्य कुराकानी भएको बताइएको छ।

'लाभरोभले जी-२० को दोस्रो सत्रको बीचमा सङ्क्षिप्त भेट गर्नु भएको हो। यद्यपि  त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएन,' द टाइम्स अफ इन्डियाले एक रूसी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्वअमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ। 

तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ।

प्रकाशित मिति: १३:५६ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्