Kathmandu Press

दुर्घटनामा दुई पाकिस्तानी नागरिकको मृत्यु, १७ जनाको उद्धार

जहाजमा रहेका दुई जना अझै बेपत्ता छन्, पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले बिहीबारको साप्ताहिक पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
दुर्घटनामा दुई पाकिस्तानी नागरिकको मृत्यु, १७ जनाको उद्धार

काठमाडाैं, फागुन १९ : दक्षिणी इटालीको तटमा एउटा पानी जहाज दुर्घटनामा परी कम्तीमा दुई पाकिस्तानी नागरिकको मृत्यु हुनुका साथै १७ जनालाई उद्धार गरिएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ।

जहाजमा रहेका दुई जना अझै बेपत्ता छन्, पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले बिहीबारको साप्ताहिक पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
 
‘रोममा रहेको हाम्रो दूतावासले जीवित व्यक्तिहरूको कल्याण र मृतकको शवको ढुवानीका लागि इटालियन अधिकारीहरूसँग सक्रिय रूपमा संलग्न रहेको  छ,’ बलोचले थपेका छन्।

गत फेब्रुअरी २४ मा भएको दुर्घटनामा ६४ भन्दा बढी शरणार्थीहरूको मृत्यु भएको थियो। जहाजमा एक सय भन्दा बढी शरणार्थी बोकेको बताइएको छ।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, फागुन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्