Kathmandu Press

भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्वनेता नजिबलाई सफाइ

उनले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको छ। 
भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्वनेता नजिबलाई सफाइ

क्वालालम्पुर, फागुन १९ : मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ। तर उनले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको छ। 

राज्य अभियोजकहरूले आफ्नो मुद्दा प्रमाणित गर्न पर्याप्त प्रमाणहरू प्रदान गर्न असफल भएका उच्च अदालतका न्यायाधीश मोहम्मद जैनी मजलान बताउनु भएको छ। भ्रष्टाचारको सो आरोप शुक्रबार खारेज गरिएको थियो। यो आरोप ठहर भएको भए २० वर्षसम्मको जेल सजाय हुने थियो।  

परिवर्तित आरोपअनुसार कुनै पनि आपराधिक दायित्वबाट उहाँलाई मुक्त गर्न उद्देश्य रहेको जनाइएको छ। उनलाई तत्कालीन कोषका अध्यक्ष र प्रमुख कार्यकारी अरुल काण्डले सहयोग गरेको आरोप छ। हाल अरुलले पनि सफाई पाउनु भएको छ।

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, फागुन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्