पानी जहाजदुर्घटनामा दुई पाकिस्तानीको मृत्यु, १७ जनाको उद्धार
काठमाडौं, फागुन १९ : दक्षिणी इटालीको तटमा एउटा पानी जहाज दुर्घटनामा परी कम्तीमा दुई पाकिस्तानी नागरिकको मृत्यु हुनुका साथै १७ जनालाई उद्धार गरिएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
जहाजमा रहेका दुई जना अझै बेपत्ता छन्, पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले बिहीबारको साप्ताहिक पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
‘रोममा रहेको हाम्रो दूतावासले जीवित व्यक्तिहरूको कल्याण र मृतकको शवको ढुवानीका लागि इटालियन अधिकारीहरूसँग सक्रिय रूपमा संलग्न रहेको छ ’ बलोचले भनेका छन् ।
गत फेब्रुअरी २४ मा भएको दुर्घटनामा ६४ भन्दा बढी शरणार्थीहरूको मृत्यु भएको थियो । जहाजमा एक सय भन्दा बढी शरणार्थी बोकेको बताइएको छ।
प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१