शरणार्थी शिविरमा झडप, एकको मृत्यु, सात घाइते
नेसनल न्युज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अल हिल्वेह शिविरमा भएको झडपमा व्यक्तिगत विवादको रूपमा सुरु भएको केही समयपछि सशस्त्र झगडामा परिणत भएको बताइएको छ।
बेरुत, फागुन १९ : दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन्।
नेसनल न्युज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अल हिल्वेह शिविरमा भएको झडपमा व्यक्तिगत विवादको रूपमा सुरु भएको केही समयपछि सशस्त्र झगडामा परिणत भएको बताइएको छ।
हताहत बाहेक झडपमा कैयौ सवारी साधन र पसलहरुमा पनि ठूलो क्षति पु¥याएको लेबनानमा रहेको अंग्रेजी समाचारपत्र आफ्नो वेबसाइटमा जनाएको छ।
प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार