अल्का अस्पताल १३ औ वर्षमा
काठमाडौं, फागुन ३ : ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल १३ औं वर्षमा प्रवेश गरेको छ।
२०६२ फागनु ३ गते अल्का अस्पताल स्थापना भएको....
काठमाडौं, फागुन ३ : ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल १३ औं वर्षमा प्रवेश गरेको छ।
२०६२ फागनु ३ गते अल्का अस्पताल स्थापना भएको थियो। ललितपुरकै जावलाखेलमा २०५२ सालमा अल्का फार्मेसी संचालनमा ल्याएका कुमार थापाले सेवा विस्तार गर्दै अस्पताल खोलेका हुन् ।
२०५७ सालमा अल्का पोलिक्लिनिक र त्यसको ५ वर्षपछि २०६२ साल अल्का अस्पतालले संचालन अनुमति पाएको थियो।
‘यहाँसम्म आइपुग्न सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुकै देन छ’ अस्पतालका अध्यक्ष कुमार थापाले भने, ‘ यस्तै सहयोग र साथको अपेक्षा आगामी दिनमा पनि गरेको छु ।’
अल्का अस्पतालले उपचारका नयाँ पद्धतिसमेत भित्र्याउँदै आएको छ । अल्का अस्पतालले कटिङ्क एज टेक्नोलोजी लगायतका अप्रेसन गर्नका लागि आएका नयाँ नयाँ उपकरण भित्र्याएको छ।
अल्काले अहिले टेष्ट ट्युव वेवी सेवा, प्रसुति सेवा तथा महिला रोग विशेषज्ञ, डाइवेटिज, बालरोग, मुटु रोग तथा त्यसका सम्पुर्ण परीक्षणा, नशा सम्बन्धि, जनरल फिजिसियन, बाथ, यौन तथा छालारोग विशेषज्ञ, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा रोग, नाक, कान घाँटी, दाँत रोग विशेषज्ञ, युरोलोजिष्ट, कलेजोरोग विशेषज्ञ, एनेस्थेसिया लगायतका सेवा दिदैँ आएको छ ।
१२ वर्ष पुरा गरी १३ वर्षमा पुगेको उपलक्ष्यमा अल्का अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको छ। लाइन्स क्लव अफ काठमाडौं अल्का डिष्टिक ३२६ एटुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
१३ वर्ष प्रवेश गरेको अवसरमा अस्पतालमा रहेका विरामीहरुलाई फलफुलसमेत वितरण गरिएको थियो।





