Kathmandu Press

सिरियामा सन् २०२३ मै ल्यान्डमाइन विस्फोटमा ५५ जनाको मृत्यु

सिरियामा सन् २०२३ मै ल्यान्डमाइन विस्फोटमा ५५ जनाको मृत्यु

दमास्कस, फागुन १८ : सिरियामा सन् २०२३ को शुरुदेखि हालसम्म ल्यान्डमाइन विस्फोटमा परी ५५ जनाको मृत्यु भएको छ । 
 
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार मर्नेहरूमा दुई महिला र १८ बालबालिकाहरू पनि छन् ।  घटनाहरू विद्रोही नियन्त्रित क्षेत्र र बारुदी सुरङ्गको  पत्ता नलागेका क्षेत्रहरूमा बढी पाइएको छ । 

त्यस्तै हामाको मध्य प्रान्तको सलामीएह क्षेत्रमा बिहीबार पाँच जना  मारिएका छन् । 

Hardik ivf

साथै, सोही अवधिमा बारुदी सुरङ्ग विस्फोटबाट २८ बालबालिका र चार महिलासहित ११८ जना घाइते भएको बेलाइतमा रहेको वाचडग समूहले जनाएको छ । देशको आधिकारिक समाचार एजेन्सी सानाले जनाएअनुसार पाँचजना पीडितहरू ट्रफल (एक प्रकारको (च्याउजस्तै) कन्दमूल) सङ्कलनकर्ता रहेको र इस्लामिक स्टेट (आईएस) आतङ्ककारीहरूले छोडेको बारुदी सुरङ्ग विस्फोटमा परेका थिए । बारुदी सुरङ्गमा मारिएका धेरैजसो किसानहरू वा मरुभूमि क्षेत्रमा ट्रफल सङ्कलन गर्ने कामदारहरू  रहेको बताइएको छ । 

यसअघि फेब्रुअरीमा आईएसले पूर्वी सिरियाको मरुभूमि क्षेत्रमा ६४ जना ट्रफल सङ्कलनकर्ताहरूलाई मारेको थियो।

प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्