Kathmandu Press

नेपालमा महिला सहभागिता उल्लेखनीय : उपसभामुख रानामगर

झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज (बिहीबार) आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उनले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताइन्।
नेपालमा महिला सहभागिता उल्लेखनीय : उपसभामुख रानामगर

झापा, फागुन १८ : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताएकी छन्।

झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज (बिहीबार) आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उनले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताइन्।

Hardik ivf

'धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको छ', उनले भनिन्, 'नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्छ।'

महिला अधिकार स्थापित गर्न र समानताका लागि संघर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको उनको भनाइ छ। हरेक क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको बताउँदै उनले बेथितिविरुद्ध ‘एक्सन’मा उत्रिन जरुरी रहेको औंल्याए। उनले यौनिक, अपांगता र भूगोलका आधारमा महिला सहभागिता हुनुपर्नेमा जोड दिइन्।

'राजनीतिमा महिला पार्टीको ‘रबर स्टाम्प’ जस्तै भएका छन्', उनले भनिन्, 'राजनीतिक बेथितिका विरुद्ध लाग्न जरुरी छ।' उनले राजनीतिमा पार्टी र पार्टीको आकारअनुसार गरिने व्यवहारको अन्त्य गरिनुपर्नेमा जोड दिइन्।

वीरता लेडी जेसीजले यस वर्ष पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ । वीरता लेडी जेसीजले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नारी सम्मान कार्यक्रमअन्तर्गत यस वर्ष प्राविधिक विधातर्फ लिङ्देनलाई सम्मान गरिएको जेसीजका अध्यक्ष सङ्गीता गिरीले जानकारी दिइन्।

वीरता लेडी जेसीजका पूर्वअध्यक्षहरुको सक्रियतामा सन् २०२१ देखि नारी दिवसको अवसरमा झापामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक महिलालाई प्रत्येक वर्ष फरक–फरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गरिँदै आएको छ।

प्रकाशित मिति: १४:५० बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्