Kathmandu Press

खाद्य संकट सम्बोधन गर्न कोरियामा सत्तारुढ दलको बैठक

कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको हो। 
खाद्य संकट सम्बोधन गर्न कोरियामा सत्तारुढ दलको बैठक

सोल, फागुन १८ :  प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य संकट सम्बोधन गर्न बैठक आयोजना गरेको छ।

कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको हो। 

कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले राष्ट्रिय आर्थिक विकासका लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिएको थियो।

उनले  सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गरेका छन्। 
  
बैठकमा राष्ट्रिय आर्थिक योजनाको कार्यान्वयन, वित्तीय सुधारका साथै पार्टीको साङ्गठनिक विषयमा पनि छलफल गरी त्यसलाई अनुमोदन गरिएको जनाइएको छ। बैठक आइताबारदेखि बुधबारसम्म चलेको थियो। 

प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, फागुन १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्