Kathmandu Press

युएईविरुद्ध टस जितेर फिल्डिङमा नेपाल, करणले लिए पहिलो विकेट 

पहिलो ओभर बलिङ गरेका करण केसीले ओभरको पाँचौ बलमा युएईका ओपनर मोहम्मद वसिमलाई बोल्ड गरेका हुन् ।
युएईविरुद्ध टस जितेर फिल्डिङमा नेपाल, करणले लिए पहिलो विकेट 

काठमाडौं, फागुन १८ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकाे त्रिकाेणात्मक सिरिजकाे नेपाल र युएई बीचको खेल सुरु भएको छ । 

दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ राेजेपिछ युएई ब्याटिङ गरिरहेको छ ।

नेपालले पहिलो ओभरमै सफता पाएकाे छ। करण केसीले ओभरको पाँचौ बलमा युएईका ओपनर मोहम्मद वासिमलाई बोल्ड गर्दै नेपालाई सपफलता दिलाए।

खेलको चौथो ओभर सकिँदा युएईले १४ रन बनाएको छ । आजको खेलमा सन्दीप लामिछाने पनि खेल्नेछन् । सर्वोच्चले उनीमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै सन्दीप बुधबार युएई प्रस्थान थिए ।  

नेपालको प्लेइङ ११मा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामछिाने, करण केसी र गुल्सन झा छन् ।

 

प्रकाशित मिति: १२:११ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्