Kathmandu Press

होटल तथा पर्यटन व्यवसायी संघ वाग्मती अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत

बुधबार मकपावनपुरको चित्लाङस्थित चित्लाङ रिसोर्टमा सम्पन्न दोस्रो अधिवेशनले नेपालसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन गरेको छ। 
होटल तथा पर्यटन व्यवसायी संघ वाग्मती अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत
तस्बिर : कल्याण थापा मगर

काठमाडाैं, फागुन १८ : होटल तथा पर्यटन व्यवसायी संघ नेपाल वाग्गमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन्।

बुधबार मकवानपुरको चित्लाङस्थित चित्लाङ रिसोर्टमा सम्पन्न दोस्रो अधिवेशनले नेपालसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन गरेको छ। 

Hardik ivf

यस्तै, वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ, प्रथम उपाध्यक्षमा निपु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भए।

अधिवेशनले राजकुमार प्याकुरेललाई महासचिव बनाउँदा सचिवमा राजेन्द्रकुमार तिया, सहसचिवमा हरिगोपाल सापकोटा, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ र सहकोषाध्यक्षमा विनोद लामिछानेलाई चयन गरेको छ। 

यस्तै, सदस्यहरूमा रामशरण नेपाल, अमृतबहादुर श्रेष्ठ, होमबहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नमराज मरठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा र राजन भट्ट चयन भएका छन्।

damodar1677738196.jpg

प्रकाशित मिति: १२:०६ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्