नेपाल दलित मुक्ति मोर्चा बाग्मती प्रदेश समितिको बैठक सम्पन्न,बैशाखमा प्रदेश सम्मेलन गर्ने निर्णय

काठमाडौं, फागुन १७ ः नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा बाग्मती प्रदेशको प्रथम सम्मेलन आगामी वैशाख ९ र १० गते हुने भएको छ ।
बुधबार पेरिसडाँडामा बसेको प्रदेश समितिको बैठकले वैशाख ९ र १० गते प्रथम सम्मेलन गर्ने निर्णय गरेको नेपाल दलित मुक्ति मोर्चा बाग्मती प्रदेश समितिका संयोजक दीपक विश्वकर्माले जानकारी दिए।
उनका अनुसार, फागुनभित्र प्रदेशभरी रहेका सबै वडाहरुमा वडा सम्मेलन गर्ने, चैतसम्म पालिकाको सम्मेलन सम्पन्न गरी प्रदेश सम्मेलन गरिनेछ । प्रदेश सम्मेलन प्रदेशको राजधानी हेटौंडामा हुने छ ।

आजको बैठकमा विभिन्न जिल्लाका १३ जना प्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा दलितको अवस्थाबारे रिपोर्ट प्रस्तुत गरेका थिए । बैठकमा दलितले भोग्नुपरेका समस्या र समाधानका लागि राज्यले गर्नुपर्ने कुराहरुबारे छलफल भएको थियो ।
बैठकमा सांसद रणेन्द्र बराली, पूर्वमन्त्री दलजित श्रीपाइली, संविधानसभा सदस्य तेज बहादुर मिजार, डाक्टर बुद्धि नेपाली, शंकर दुलाल सहित दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्यहरु अमर विश्वकर्मा, गणेश विश्वकर्मा लगायतको उपस्थिती थियो ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)