Kathmandu Press

हिउँदे याममा सगरमाथा आरोहण गर्न पाँच आरोहीलाई अनुमति

काठमाडौं, पुस २८ : हिउँदे याम (विन्टर सिजन)मा पनि सगरमाथा आरोहण गर्न विभिन्न देशका आरोही उत्सुक देखिएका छन्। यस सिजनमा दुई समूहले अनुमति लिएका छन्।

हिउँदे याममा सगरमाथा आरोहण गर्न पाँच आरोहीलाई अनुमति

काठमाडौं, पुस २८ : हिउँदे याम (विन्टर सिजन)मा पनि सगरमाथा आरोहण गर्न विभिन्न देशका आरोही उत्सुक देखिएका छन्। यस सिजनमा दुई समूहले अनुमति लिएका छन्।

पर्यटन विभागबाट यसै साता जर्मनी र स्पेनका दुई समूहले आरोहण अनुमति लिएका हुन्। दुवै समूहमा जर्मनीका दुई र स्पेनका तीन जना आरोही रहेका छन्।

यसअघि सगरमाथा आरोहणका लागि जर्मनीका आरोही हग डेनियल र जोस्ट कोबुचले अनुमति लिएका थिए। दुवै जना आधारशिविरतर्फ गइसकेको विभागले जनाएको छ।

सन् २०१८ मा एक एक समूहले अनुमति लिएको पर्यटन विभाग निर्देशक मीरा आचार्यले बताइन्।

सन् २०१९ मा सगरमाथा, आमादब्लम र नुप्सेको आरोहणका लागि २७ जना आरोहीले अनुमति लिएका थिए। त्यसमा चार देशका आरोही सहभागी थिए।

विभागले दिउँदे यामका लािग शुल्क पनि कम गरेको छ। विभागका अनुसार, स्प्रिङ सिजनमा सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर, अटममा त्यसको ५० प्रतिशत अर्थात पाँच हजार पाँच सय, विन्टर र समर सिजनमा दुई हजार सात सय ५० डलर शुल्क लिने गरिएको छ।

यस अघि दुई सिजनमा मात्रै आरोहण अनुमति दिने गरिएको थियो। गत वर्षदेखि चारै सिजनमा अनुमति दिन थालिएको हो।

 

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, पुस २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्