जर्मनीको उत्तरपश्चिममा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते

बर्लिन, फागुन १६ : उत्तरपश्चिम जर्मनीको ब्राम्चेमा रहेको एउटा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले संदिग्ध गोली चलाउने व्यक्तिलाई पक्राउ गरेको छ । गोली प्रहारको घटनाबाट अहिले त्यहाँ कुनै खतरा नरहेको र नजिकैको विद्यालयमा समेत कुनै असर नपरेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान जारी छ ।
प्रकाशित मिति: १८:५० बजे, मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












