Kathmandu Press

ब्राजिलमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

मृत्यु हुनेमा १९ जना नाबालक रहेको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ब्राजिलमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

साओ पाउलो, फागुन १५ : ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यको तटीय क्षेत्रमा भारी वर्षापछि आएको भीषण बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको स्थानीय अधिकारीले आइतबार बताएका छन्।

मृत्यु हुनेमा १९ जना नाबालक रहेको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पीडितका लागि राहतलाई प्राथमिकता दिइएको छ। सेनाका जवान, अग्निनियन्त्रक, स्वयंसेवक र उद्धारकर्मीहरूले अझै पनि मृतकहरूको शव निकाल्न र हराइरहेकाहरूको खोजी कार्य जारी राखेका छन्।

अधिकांश पीडितहरू साओ सेबेस्टियाओको सामुद्रिक तट बारा डो साही नजिकै सिएरा डी मार पर्वत श्रृङ्खलाको उच्च जोखिम भएको क्षेत्रहरूको गरीब बस्तीमा बस्थे। 

पछिल्लो पहिरोको कारण घरबार गुमाएका करिब दुई हजार ४४० जनालाई सुरक्षित स्थानमा सारिएको छ।   पहिरो र हावाहुरीका कारण बन्द भएका तटीय सडक आइतबारदेखि पुनः सञ्चालनमा आएका छन्। 

फेब्रुअरी १९ मा, तटीय शहरहरू बर्टिओगा, कारागुआटाटुबा, ग्वारुजा, इल्हाबेला, साओ सेबेस्टियाओ र उबटुबामा करिब २४ घण्टामा अत्यधिक वर्षा भएको थियो। साओ सेबास्टियाओको सामुद्रि तट, ब्राजिलको विशेष पर्यटन गन्तव्यहरू मध्ये एक हो। 

ब्राजिलको एकीकरण तथा क्षेत्रीय विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्राकृतिक प्रकोपको जोखिममा रहेका १४ हजार क्षेत्रमा करिब ४० लाख ब्राजिलियालीहरू बसोबास गर्छन्।

प्रकाशित मिति: १७:११ बजे, सोमबार, फागुन १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्