Kathmandu Press

कम्बोडियामा बर्डफ्लुको जोखिम मानव समुदायमा कम : डब्लुएचओ

आइतबार एक विज्ञप्ति जारी गर्दै डब्लुएचओले कम्बोडियामा एभियन इन्फ्लुएन्जाबाट सर्वसाधारणमा जोखिम कम रहेको जनाएको छ।
कम्बोडियामा बर्डफ्लुको जोखिम मानव समुदायमा कम : डब्लुएचओ

नोमपेन, फागुन १५ : कम्बोडियामा मानव समुदायमा बर्डफ्लुको जोखिम कम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै डब्लुएचओले कम्बोडियामा एभियन इन्फ्लुएन्जाबाट सर्वसाधारणमा जोखिम कम रहेको जनाएको छ। यसअघि, गत हप्ता दक्षिणपूर्वी एसियाली राष्ट्रले बर्ड फ्लुबाट दुई जना मानिसमा सङ्क्रमण भएको पुष्टि गरेको थियो।

Hardik ivf

दक्षिणपूर्वी प्रि वेङ प्रान्तकी ११ वर्षीया बालिका पहिलो सङ्क्रमित व्यक्ति रहेको र उनको फेब्रुअरी २२ मा भाइरसका कारण मृत्यु भएको थियो। उनका ४९ वर्षीय बुबालाई एक दिनपछि भाइरसको लागि सकारात्मक परीक्षण गरिएको थियो र हाल उनी प्रे वेंग प्रान्तीय रेफरल अस्पतालमा आइसोलेसनमा छन्। 

मृतक बालिकाको सम्पर्कमा रहेका अन्य ११ जनाको बर्ड फ्लु भाइरसको परीक्षणमा सङ्क्रमण पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ। 'अहिलेसम्मका प्रमाणका आधारमा यो भाइरसले मानिसलाई सजिलै सङ्क्रमित गर्दैन र एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिनु असामान्य देखिन्छ,' विज्ञप्तिमा भनिएको छ।

 'अहिलेसम्म उपलब्ध सूचनाका आधारमा डब्लुएचओले यो भाइरसबाट उत्पन्न हुने जोखिम कम भएको आँकलन गरेको छ,' उनले भने। कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि ली आइलानले प्रकोपविरुद्ध द्रुत प्रतिक्रियाका लागि साउदी अरबको पनि प्रशंसा गरेका छन्। 

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्