Kathmandu Press

पर्यटक सुरक्षाका लागि मोबाइल एप

श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नान्डोले शनिबार श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना भएको पर्यटनसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ।
पर्यटक सुरक्षाका लागि मोबाइल एप

कोलम्बो, फागुन १४ : श्रीलंकाले यहाँ आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ। सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको यहाँका पर्यटन मन्त्रीले जानकारी दिएका हुन्।

श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नान्डोले शनिबार श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना भएको पर्यटनसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ।

उनले सो मोबाइल एपमा सात भाषाको प्रयोग गरिने भएको र त्यसलाई सबै नागरिकले पनि प्रयोगमा ल्याउन सकिने गरी निर्माण गरिएको पनि जानकारी दिए।

पछिल्लो समयमा श्रीलंकामा पर्यटकमाथि पनि आक्रमण हुने गरेको भन्ने सूचनाका कारण उनीहरुको सुरक्षा कै लागि यो एप बनाइएको पनि जानकारी दिएको समाचारमा जनाइएको छ।

पर्यटकले कुनै घटना अर्थात् आफू असुरक्षित रहेका विषयमा जानकारी गराउना साथ यहाँका अधिकारीले सो एप हेर्न सक्ने गरी सो एप निर्माण गरिएको बताइएको छ।

सो सूचना प्रहरी तथा पर्यटन क्षेत्रका अधिकारी सबैमा जाने र यसै सूचनाका आधारमा ती पर्यटकको उद्धार गर्न सकिने गरी एप निर्माण गरिएको बताइएको छ।

प्रकाशित मिति: १६:५१ बजे, आइतबार, फागुन १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्