लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने
यसअघि प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो।
लुम्बिनी, फागुन १४ : लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ।
झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्नेछ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ।
यसअघि प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो।
प्रकाशित मिति: १६:१९ बजे, आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)