Kathmandu Press

ट्रकको ठक्करबाट दुई साइकलयात्रीको मृत्यु, एघार जना गम्भीर घाइते

एरिजोनाको राजधानी सहर फिनिक्सको उपनगर गुडइयरस्थित कटन लेन ब्रिजमा उक्त दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
ट्रकको ठक्करबाट दुई साइकलयात्रीको मृत्यु, एघार जना गम्भीर घाइते

लस एन्जलस, फागुन १४ : अमेरिकाको दक्षिणपश्चिमी राज्य एरिजोनामा शनिबार बिहान पिकअप ट्रकले ठक्कर दिँदा दुई जना साइकलयात्रीको मृत्यु भएको छ भने अन्य ११ जना गम्भीर घाइते भएका छन्। 

एरिजोनाको राजधानी सहर फिनिक्सको उपनगर गुडइयरस्थित कटन लेन ब्रिजमा उक्त दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनापछि ट्रक चालक घटनास्थलमै बसेको गुडइयर प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जनाएका छन्।

शनिबार नै पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, फागुन १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्