वर्षा र संजोग कसे लगनगाँठो
काठमाडौं, फागुन ३ : सात वर्षको प्रेमसम्बन्ध पछि अभिनेत्री वर्षा रावत र अभिनेता संजोग कोइरालाले लगनगाठो कसेका छन् ।
उनीहरुले बिहीबार प्रणय दि....

काठमाडौं, फागुन ३ : सात वर्षको प्रेमसम्बन्ध पछि अभिनेत्री वर्षा रावत र अभिनेता संजोग कोइरालाले लगनगाठो कसेका छन् ।
उनीहरुले बिहीबार प्रणय दिवसका दिन विवाह गरेका हुन् । परिवारजन र नजिकका आफन्तको उपस्थितिमा काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरुले बिहे गरेका हुन् ।
अरुबेला मिडियामा छाइरहने वर्षाले विहेका विषयमा भने कसैलाई जानकारी दिइनन् । उनले मिडियाकर्मीलाई पनि बोलाइनन् । बिहे समारोहमा फोटोपत्रकारलाई समेत प्रवेश दिइएको थिएन् ।
उनले आज चलचित्रकर्मी र बाँकी आफन्तका लागि रिसेप्सन आयोजना गरेकी छन् ।
प्रकाशित मिति: १२:२२ बजे, शुक्रबार, फागुन ३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












