पाकिस्तानको पूर्वी प्रान्तमा सडक दुर्घटनामा परी तेह्र जनाको मृत्यु, बीस घाइते
इस्लामावाद, फागुन १३ : पाकिस्तानको पूर्वी प्रान्तमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
पञ्जाब प्रान्तको रहिम यार खान जिल्लाको रुकनपुर क्षेत्र नजिक रहेको सुपर हाइवेमा आज बिहान भएको दुर्घटनामा १३ जनाको ज्यान गएको तथा २० जना घाइते भएका जिल्ला प्रहरी अधिकृत रिजवान उमर गोण्डलले बताएका छन् ।
राजमार्गमा गुडिरहेको यात्रीवाहक एउटा भ्यान टायर पड्केर पल्टँदा तीव्र वेगमा हुँइकिएको यात्रीवाहक अर्को कोच जीपमा ठोक्किएपछि १३ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी अधिकृत गोण्डलले बताए । प्रहरीका अनुसार घाइेतमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने संभावना छ । उद्धार टोलीले घाइतेलाई नजिकका अस्पतालमा भर्ना गरेका छन् ।
प्रकाशित मिति: १९:१५ बजे, शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१