Kathmandu Press

आत्मघाती आक्रमणकारी मारियो

उत्तरी बदख्सान प्रान्तको राजधानी फैजाबादमा हमलाका निम्ति आएको एक आक्रमणकारीलाई सुरक्षाकर्मीले मारेका सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले बताएका छन्। 
आत्मघाती आक्रमणकारी मारियो

फैजावाद (अफगानिस्तान), फागुन १३ : अफगान सेनाले बदख्सानमा एक जना आत्मघाती आक्रमणकारीलाई गोली हानेर मारेको छ।

उत्तरी बदख्सान प्रान्तको राजधानी फैजाबादमा हमलाका निम्ति आएको एक आक्रमणकारीलाई सुरक्षाकर्मीले मारेका सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले बताएका छन्। 

आज बिहान एक जना आत्मघाती आक्रमणकारी निजी क्षेत्रको न्यु काबुल ब्याङ्कमा प्रवेश गर्ने प्रयास गरिरहेको थियो तर व्याङ्कका सुरक्षाकर्मीले निजलाई आत्मघाती हमलाकारीका रूपमा पहिचान गरी गोली प्रहार गरेका उनले सिन्ह्वालाई बताए।

कारबाहीमा आक्रमणकारी मात्र मारिएको तथा अन्य कोही घाइते नभएका अर्का एक जना सरकारी अधिकारीले बताएका छन्। उक्त घटनामा थप तीन जना घाइते भएका एक जना प्रत्यक्षदर्शीले नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वालाई बताएका छन्।

प्रकाशित मिति: १३:३७ बजे, शनिबार, फागुन १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्