Kathmandu Press

माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा

काठमाडौं, पुस २७ : माछापुच्छ्रे बैकले किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक चालु पूँजी खर्च परि....

माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा

काठमाडौं, पुस २७ : माछापुच्छ्रे बैकले किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक चालु पूँजी खर्च परिपूर्ति गर्ने उद्देश्यले किसान कार्ड सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको हाे।

किसान कार्डअन्तर्गत चार लाखसम्मको कृषि कर्जा प्रदान गरिनेछ। बैंकले पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसँग आवद्ध बाँकेको खजुरमा रहेको साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुआत गरेको छ।

कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रकिृया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ। किसान कार्डमार्फ कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सिमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन्।

बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोग गरि आयआर्जनमा बढवा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको जनाएकाे छ।

बैंकले १४४ वटा शाखालगायत १३८ शाखा रहित बैकिङ्ग  सेवासमेत गरी जम्मा २८२ स्थानबाट तथा १७२ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेकाे छ।

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, पुस २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्