आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था बन्द नहुने
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) यस्तो प्रावधान ल्याएको हो।
काठमाडौं, फागुन १२ : सरकारले दिने आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था बन्द नहुने भएको छ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) यस्तो प्रावधान ल्याएको हो।
राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ संशोधन तथा परिमार्जन गर्दै सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने व्यवस्था गरेको हो। तर आकस्मिक बाहेकको सूचीमा भने बिदा कायमै रहनेछ।
आकस्मिक बिदाको दिन १० बजेदेखि साढे १ बजेसम्म कार्यालय खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकमा शनिबारबाहेकको बिदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको थियाे।
त्यसकै भाेलिपल्ट राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सूचारु गर्नुपर्ने निर्देशन दिएकाे हाे।











