Kathmandu Press

सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गरेका हुन्।
सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

काठमाडौं, फागुन १२ : हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरु भएको छ।

आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गरेका हुन्।

हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो। सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन्। हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताए। हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको अवसरमा सो कुरा बताएका हुन्। रु. ६ करोडबाट सुरु भएको बैंक हाल रु १४ अर्ब पुँजीको बैंक बनेको बैंकको उनको भनाइ थियो। आफ्नै कसरतमा ठूलो बनेको बैंक अब सिभिल बैंकलाई प्राप्ति गरेपछि उत्कृृष्ट बैंक बन्ने उनले दाबी गरे।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले नौ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको जनाए। हिमालयन बैंक आफँैमा ठूलो भएको जनाउँदै उहाँले राष्ट्र बैंकको नीतिलाई साथ दिनमात्रै सिभिल बैंकलाई प्राप्ति गरिएको बताए।

३४ अर्ब पुँजी

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी रु ३४ अर्ब पुगेकोे छ। पुँजीका आधारमा हिमालय बैंक छैटाँै ठूलो बैंक हो। यस्तै बैंकको रु दुई खर्ब ७४ अर्ब निक्षेप, रु दुई खर्ब ५० अर्ब कर्जा रहेको बैंकले जनाएको छ। सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कूल शाखा एक सय ८९ भएका छन्।

सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायी प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रको बैंक हो। हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ, फैसल एन लाल्टिन, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक रहेका छन्। यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा हिमालयन बैंकका राणा रहेका छन्।

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्