प्रदेश ३ को राजधानी हेटौंडा दुई तिहाइले पारित
हेटौंडा, पुस २७ : प्रदेश ३ को राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेश सभा बैठकबाट पारित भएको छ।
आइतबार प्रदेश सभा बैठकले दुई तिहाइ....

हेटौंडा, पुस २७ : प्रदेश ३ को राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेश सभा बैठकबाट पारित भएको छ।
आइतबार प्रदेश सभा बैठकले दुई तिहाइभन्दा बढी मतले हेटौंडालाई राजधानी बनाउने प्रस्ताव पारित गरेको हो। सभामुख सानुकुमार श्रेष्ठले दुई तिहाइले हेटौंडा राजधानी भएको घोषणा गरे।
हेटौंडा राजधानी राख्ने पक्षमा एक सय पाँच मत परेको छ। विपक्षमा तीन मत मात्रै परेको छ। प्रदेश सभामा एक सय १० सांसद छन्। दुई तिहाइ बहुमतका लागि ७४ मत चाहिन्छ। आइतबारको बैठकमा एक सय आठ सांसद उपस्थित थिए।
त्यस्तै, काभ्रेको धुलिखेल राजधानी राख्नुपर्ने पक्षमा तीन मत मात्रै आए। विवेकशील नेपाली दल र साझा पार्टीले मात्रै धुलिखेल राजधानी राख्नुपर्ने प्रस्तावमा मतदान गरेको छ। सो प्रस्तावलाई प्रदेश सभा बैठकले अस्वीकृत गरेको छ।
प्रदेश सभामा नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्तका सांसदले हेटौंडाको पक्षमा मतदान गरेका छन्।
त्यस्तै, प्रदेश ३ को नाम बागमती राख्न प्रदेश सभामा प्रतिनिधित्व गरेका सबै दल सहमति जनाएका छन्।
यस अघि नेकपा र कांग्रेस संसदीय दलकाे बैठकले ह्वीप जारी गर्ने निर्णय गरेका थिए।











