तीन हजार बढी अफगानीको स्वदेश फिर्ती
काबुल, फागुन ११ : इरानमा शरणार्थी जीवन बिताइरहेका तीन हजारभन्दा बढी अफगान नागरिक स्वदेश फर्केका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज तीन हजार पाँच सय ४१ जना अफगानी स्वदेश फर्केका जनाएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशम शरण लिएका अफगान नागरिकको स्वदेश फिर्तीको क्रम जारी छ । बितेका छ महिनामा इरानबाट दुई लाख ७० हजारभन्दा बढी शरणार्थी घर फर्केका छन् । पच्चीस लाखभन्दा बढी अफगानी इरानमा शरण लिएर बसेका छन् भने त्यति नै सङ्ख्यामा अफगान नागरिक पाकिस्तानमा रहेका बताइएको छ ।
प्रकाशित मिति: २०:४९ बजे, बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१