Kathmandu Press

हिमपहिरोमा अफगानिस्तानको उत्तरी प्रान्तमा चार जनाको मृत्यु, ३० घर ध्वस्त

हिमपहिरोमा अफगानिस्तानको उत्तरी प्रान्तमा चार जनाको मृत्यु, ३० घर ध्वस्त

फैजाबाद, फागुन ११ : अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तका दुईवटा गाउँमा गएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएकाे छ। हिमपहिराेमा परी ३० घरहरू ध्वस्त भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन्।

प्रान्तको कोफाब जिल्लामा बुधबार गएको हिमपहिरोमा परी विपन्न परिवारलाई सहयोग गर्न प्रदेश सरकारले मानवीय सहायता स्वरुप नगद र राहत सामग्री पठाएको प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिला विभागका प्रादेशिक सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले जानकारी दिएका छन् । 

भारी हिमपात, चिसो मौसम र हिमपहिरोका कारण गत महिना अफगानिस्तानमा बालबालिकासहित करिब २०० जनाको मृत्यु भएको थियो । बदख्सान प्रान्तमा मात्र ३० भन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्