खानी भत्किँदा चीनमा चार जनाको मृत्यु, ४९ बेपत्ता

होहोट, फागुन ११ : उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनः शुरु भएको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना बेपत्ता छन् ।
उद्धारकर्ताले भग्नावशेषबाट १० जनालाई बाहिर निकालेका छन् जसमा चार जनाको मृत्यु भएको पाइएको छ भने छ जना घाइते छन् । घाइतेलाई अस्पताल लगिएको छ । घटनास्थलमा उद्धारकार्य जारी छ ।
प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1755950009.png)







