Kathmandu Press

सोमालील्याण्ड झडपमा ९६ जनाको मृत्यु

सोमालील्याण्ड झडपमा ९६ जनाको मृत्यु

मोगादिसु, फागुन ११ : सोमालील्याण्डको छुट्टिएको सोमाली क्षेत्रमा सुरक्षा बल र जातीय समूहका सदस्यबीच १७ दिनसम्म भएको झडपमा कम्तिमा ९८ जनाको मृत्यु भएको तथा पाँच सय ६० जना घाइते भएका छन् । 

लस अनोडको मुख्य अस्पतालका निर्देशक अहमद मोहम्मद हसनले घाइते तथा हताहतिबारे एपएफपीलाई जानकारी दिए पनि समूहका प्रमुख गारद जामा गरद अलीले बुधबार एक सय पचास जनाको ज्यान गएको तथा पाँच सय जना घाइते भएका बताएका थिए । 

सन् १९९१ देखि सोमालील्याण्डले सोमालियाबाट स्वतन्त्रताको दाबी गर्दै आएको छ तर अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छैन । राजनीतिक तनावका कारण सरकारी सेना र सोमालियाप्रति वफादार नागरिक सेनाबीच घातक हिंसाका घटना हुने गरेका छन् । 

पछिल्लो झडप फेब्रुवरी छ देखि  लास एनोडबाट  सुरु भएको पछिल्लो झडप आज बिहानसम्म पनि जारी रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यसै महिनाको १० तारिखमा सोमालील्याण्डका अधिकारीले युद्धविराम घोषणा गरे पनि केही दिन पछि सोमालियाले आफ्ना सेनामाथि आक्रमण गरेको आरोप लगाएको छ । 

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्