गोली लागेर प्रहरी हवल्दारको मृत्यु
जाजरकोट, पुस २७ : जाजरकोटमा आइतबार बिहान गोली लागेर प्रहरी हवल्दारको मृत्यु भएको छ।
नलगाड नगरपालिका–७ स्थित दल्ली इलाका प्रहरी कार्याल....

जाजरकोट, पुस २७ : जाजरकोटमा आइतबार बिहान गोली लागेर प्रहरी हवल्दारको मृत्यु भएको छ।
नलगाड नगरपालिका–७ स्थित दल्ली इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतको गोली लागेर मृत्यु भएको हो। उनको कञ्चटमा गोली लागेको छ।
स्थानीय प्रशासनले उनले आफैले गोली हानेको जनाएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उनले आफ्नै कन्चटमा गोली हानेको बताए। ‘आफैले कन्चटमा गोली हान्दा मृत्यु भएको छ,’ प्रमुख जिल्ला अधिकारी पन्तले भने।
३५ वर्षीय प्रहरी हवल्दार कठायत बाजुराका वासिन्दा हुन्। चार महिना अघि मात्रै दल्ली इलाका प्रहरी कार्यालय आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। छानविनका लागि जिल्लाबाट एक टोली पठाएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


