कार्गोमा विद्युतीय ट्रयाकिङ प्रणाली शुरु
वीरगंज, फागुन ३ : कार्गोमा विद्युतीय ट्रयाकिङ प्रणाली शुरु भएको छ । यससम्बन्धमा भारतको कोलकत्तास्थित हल्दीया पोर्टका पदाधीकारी र वीरगंज उधोग वाणिज्य स....
वीरगंज, फागुन ३ : कार्गोमा विद्युतीय ट्रयाकिङ प्रणाली शुरु भएको छ । यससम्बन्धमा भारतको कोलकत्तास्थित हल्दीया पोर्टका पदाधीकारी र वीरगंज उधोग वाणिज्य संघका पदाधिकारीबीच छलफल भएको छ ।
वाणिज्य संघको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा कोलकता पोर्ट ट्रष्टका अध्यक्ष बलाजि अरुण कुमारले विद्युतीय ट्रायाकिङ प्रणाली व्यवसायीहरूका लागि बोनस भएको बताए । यस प्रणालीमार्फत व्यवसायीले आफ्नो कन्टेनर जाँचको प्रक्रियादेखि कहाँ कुन अवस्थामा छ भन्ने जानकारी पाउन सकिने उनले बताए ।
हिजोको दिनमा कन्टेनर व्यवसायीको ‘मनोपोली’ रहदै आएको र अब यस प्रविधिले यस्ता कमजोरीहरू हटाउने हल्दीया पोर्ट ट्रष्टका जेनरल म्यानेजर सपन अहरोयले बताए ।
सडक सञ्जाल सुरक्षित तथा व्यवस्थित पार्न एसियन डेभ्लपमेन्ट बैक (एडीबी) को सहयोगमा प्रति कन्टेनर तीन हजार पाँचसय रुपैयाँ थप तिरेर व्यवसायीले यस व्यवस्थाको उपयोग गर्न सक्ने कन्टेनर डिलेभरी गर्ने ईसीटीएस कम्पनीका उद्दिप चौधरीले बताए । एप्समार्फत निर्यात गर्ने समानको सम्पुर्ण जाँच प्रकृयादेखि सिल लगाएको बारे समेत जानकारी प्राप्त गर्न सकिने छ ।
यस प्रणली आउनुअघि व्यवसायीले समान डिलेभरी गरेर पुनः यहाँबाट पठाउनुपर्ने कागजातको प्रक्रिया पनि अन्त्य भएको कन्कर इण्डिया कम्पनी (ड्राईपोर्ट वीरगंज) का प्रमुख विष्णु चौधरीले बताए ।
उनले भने, “तुरुन्तै समान मगाउँदा निर्यातकर्ताले पठाउनुपर्ने सक्कली कागजात पोर्टको कार्यालयसम्म नपुगेर अर्को समान मगाउन सकिन्थेन् । विद्युतिय ट्रायाकिङ्ग प्रणालीका वीरगंज प्राविधिकले समान यकिन गरे लग्तै यो प्रक्रिया अन्त्य भएको छ । यससँगै बाटोमा रेलको ढिलाई हुँदा शंका उपशंकाले जाँच गर्नुपर्ने र पुनः थप चार्ज तिर्नुपर्ने झन्झट पनि अन्त्य भएको छ ।”
उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, संघका महासचिव माधव राजपाल, सचिव अरविन्द अमात्यलगायत उधोगी, व्यापारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।