Kathmandu Press

आत्मनिर्भर लघुवित्त आइपिओ खुला

कम्पनीले आफ्नो जारी पुँजी रु ६ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशतअर्थात् रु दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिशेयर रु एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।
आत्मनिर्भर लघुवित्त आइपिओ खुला

काठमाडाैं, फागुन ११ : आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेकोे हो। 

कम्पनीले आफ्नो जारी पुँजी रु ६ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशतअर्थात् रु दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिशेयर रु एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।

जसमध्ये २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको र तीन हजार एक सय १७ कित्ता शेयर कर्मचारी तथा १० हजार एक सय ७० कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको एक लाख ६९ हजार सात सय ५५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको छ।

निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयरसम्मको आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो शेयर’ मार्फत शेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ। 

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ।

प्रकाशित मिति: ११:३० बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्