Kathmandu Press

डोटीमा ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए

काठमाडौं, पुस २७ : निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ । सिलगढी नगरपालिका–४....

डोटीमा ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए

काठमाडौं, पुस २७ : निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ । सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको  यस अस्पतालले  रगत अभावलाई अन्त्य गर्न उक्त अभियानको सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

रगत अभावका कारण अहिलेसम्म जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ । दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी शनिबार अभियानको शुभारम्भ गर्नुहुँदै सबैले रक्तदान गर्न अति जरुरी भएको बताए। उनले भने “हामीले दान गरेको रगतले अन्यको ज्यान जोगिन्छ भने खेर जाने रगत किन दान नगर्ने, ज्यान बचाउन भए पनि रक्तदान गनुपर्छ ।”

Hardik ivf

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने भएकाले रक्तदान गर्न पछिब् हट्न नहुने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तेजबहादुर डुम्रेलले जिल्लामा रगत अभावका कारण कयौं बिरामी मृत्यसवरणको दोसाँधमा पुग्ने भएकाले जिल्लामा ब्लड बैंक स्थापना हुनुपर्ने धारणा राखे । जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपतिसन्तोष ढुङ्गेलले जानकारी दिए ।

जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नं गणले हालसम्म उपलब्ध गराउँदै आएका छन् । रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: ०७:५० बजे, आइतबार, पुस २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्