प्रदेश नं ३ को राजधानी र नामबारे आज मतदान हुने
काठमाडौं, पुस २७ : प्रदेश नं. ३ स्थायी राजधानी र नामकरणबारे आज प्रदेशसभामा मतदान हुने भएको छ ।
प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठ....

काठमाडौं, पुस २७ : प्रदेश नं. ३ स्थायी राजधानी र नामकरणबारे आज प्रदेशसभामा मतदान हुने भएको छ ।
प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा आज बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रियाबाट गरिने जानकारी दिए ।
बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं. ३ को राजधानी हेटौँडा राख्ने सम्बन्धमा प्रस्तुत प्रस्तावमाथि प्रदेशसभाका सदस्यले उठाउनुभएको जिज्ञासावारेमा जवाफ दिनुहुने कार्यसूची रहेको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए ।
उक्त प्रस्तावका प्रस्तावक मुख्यमन्त्री पौडेल र समर्थक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ रहेका छन् । प्रदेश सभामा कूल ११० सदस्यमध्ये नेकपाको ८०, नेपाली काँग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल मजदूर पार्टीको दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एक जना स्वतन्त्र छन् ।











