अफगानिस्तानका उपप्रधानमन्त्रीको पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रस्ताव
काबुल, फागुन १० : अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले बुधबार अफगानिस्तान र पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्न आह्वान गरेकाे सरकारी बख्तर समाचार एजेन्सीले उल्लेख गरेको छ।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफसँगको भेटमा उनले अफगानिस्तान र पाकिस्तान दुई छिमेकी राष्ट्र भएकाले राम्रो सम्बन्ध हुनुपर्ने बताएका हुन् ।
उक्त भेटमा द्विपक्षीय सम्बन्धको विकास, व्यापार, क्षेत्रीय सम्पर्क सञ्जाल र आर्थिक सहयोगलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको प्रतिवेदनले जनाएको छ । उच्चस्तरीय प्रतिनिधिमण्डलको प्रमुखका रूपमा आसिफले बुधबार काबुलको भ्रमण गरी बरादरसँग भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति: १९:०१ बजे, बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१