क्यालिफोर्नियामा रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते
लस एन्जलस, फागुन ९ : क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस वारुणयन्त्र कार्यालयले जनाएको छ । घाइते भएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनापछि रेलमा यात्रारत एक सय २५ सकुशल रेलबाट ओर्लिएर आफ्नो गन्तव्यतर्फ गएका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१