Kathmandu Press

टर्कीमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु, २९६ घाइते

टर्कीमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु, २९६ घाइते
Hardik ivf

अङ्कारा, फागुन ९ : टर्कीमा पुनः शक्तिशाली भूकम्प  गएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ भने २९६घाइते भएका छन् । 

भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । 

सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा गएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्की कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको थियो । साथै सो प्राकृतिक प्रकोपमा हजारौँ घाइते भएका छन्। 

प्रकाशित मिति: १९:३२ बजे, मंगलबार, फागुन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्