मिडिया स्वतन्त्र भएमात्रै लोकतन्त्र बलियो हुन्छ : पूर्वराष्ट्रपति यादव
चितवन, पुस २६ : पूर्वराष्ट्रपति डा रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन्।
भरतपुर विमानस्थलमा....

चितवन, पुस २६ : पूर्वराष्ट्रपति डा रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन्।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भने,“जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ।” विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाइ थियो।
देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र सङ्घीयसभामा रहेको उनले बताए। तीन तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उनले राष्ट्रको समस्या संघीयसभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताए।
पूर्वराष्ट्रपति डा यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नु पर्नेमा जोड दिए।









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

