Kathmandu Press

शशांक कोइराला भन्छन्- चार वर्ष चुप लागेर बसें, अब कठोर हुन्छु

भरतपुर, पुस २६ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन्। <....

शशांक कोइराला भन्छन्- चार वर्ष चुप लागेर बसें, अब कठोर हुन्छु
फाइल

भरतपुर, पुस २६ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन्। 

चितवनको भरतपुरमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरेका हुन्। ‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ। पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन। अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ,’ उनले भने।

शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो। अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन नसकेको उनले बताए।

सभापतिप्रति कडारुपमा प्रस्तुत बनेका महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए। सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उनको भनाइ थियो। रासस

प्रकाशित मिति: १६:२० बजे, शनिबार, पुस २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्