Kathmandu Press

निजगढ विमानस्थलले विश्वका राम्रा विमानस्थलले दिने सेवा दिन्छः मन्त्री भट्टराई

काठमाडौं, पुस २६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताएका छन्। 

....
निजगढ विमानस्थलले विश्वका राम्रा विमानस्थलले दिने सेवा दिन्छः मन्त्री भट्टराई

काठमाडौं, पुस २६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताएका छन्। 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १४ औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले मुलुकबाट अध्ययनका लागि ठूलो मात्रामा बौद्धिक जनशक्तिसँगै पूँजी पलायन पनि डरलाग्दो रुपमा रहेको बताए। विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपाल फर्काउन इक्यानले भूमिका खेल्नुपर्नेसमेत उनको भनाइ थियो।

‘विदेशमा भएर अध्ययन गर्नु राम्रो हो। तिनीहरुले विश्वमा भएको विकासको बारेमा सिक्न पाउँछन्’, उनले भने,‘ त्यहाँ अध्ययन गरेसकेपछि ती विद्यार्थीलाई नेपालमा फर्काउन सके मुलुकको समृद्धिमा सहयोग पुग्ने छ।’ 

उनले १९८० को दशकमा विश्वमा रहेका चिनियाँ नागरिक आफ्नो मुलुक फर्केको उल्लेख गर्दै नेपालले पनि त्यसैगरी विश्वमा रहेका बौद्धिक व्यक्तिलाई फर्काउनुपर्नेमा जोड दिए। उनले विश्वमा नेपालको पर्यटन बजारलाई उपस्थित गराउन नेपाल भ्रमण वर्ष–२०२० शुरुआत गरिएको भन्दै इक्यानले पनि आफ्नो पहलबाट नेपालमा पर्यटक ल्याउन सहयोग गर्नुपर्ने बताए।

मन्त्री भट्टराईले भ्रमण वर्ष शुरुसँगै भौतिक पूर्वाधारका काम पनि सँगै हुने बताए। हिजोभन्दा राम्रो सेवा हाम्रो विमानस्थलले दिन थालेको भन्दै उनले नयाँ बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले विश्वका राम्रा विमानस्थलले दिने सेवा दिने बताए।

प्रकाशित मिति: १५:४८ बजे, शनिबार, पुस २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्