Kathmandu Press

विश्वसामू नेपाललाई स्वाभिमानी मुलुकका रुपमा चिनाउँछौं : रक्षामन्त्री पोखरेल

रुपन्देही, पुस २६ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउन आवश्यक रहेको बताएका ....

विश्वसामू नेपाललाई स्वाभिमानी मुलुकका रुपमा चिनाउँछौं : रक्षामन्त्री पोखरेल

रुपन्देही, पुस २६ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउन आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालय बुटवलले शनिबार जितगढी किल्लामा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि सबै जनतालाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहेको बताए। ‘यो खेल र दौडको मात्र कुरा होइन, राष्ट्रिय भावनामा सबैलाई एकताबद्ध बनाउने अवसर हो’, उनले भने,‘हामी इतिहासको संरक्षण र प्रवद्र्धन गर्न चाहन्छौं।’ 

रक्षामन्त्री पोखरेलले वीर नेपाली पुर्खाहरुले जीत हासिल गरेको ऐतिहासिलस्थलमा सेनाको तत्परतामा कार्यक्रम आयोजना गरी पुर्खाको सम्झना र सम्मान गरेको बताए। ‘यतिबेलाको आवश्यकता कुनै पनि पार्टी, सङ्गठन र अभियानमा लागेका सबै नागरिकहरु म र मेरो भन्ने कुराबाट होइन, हामी र हाम्रो भन्ने चेतनाबाट जागृत हुन आवश्यक छ। तबमात्र हाम्रो मुलुकलाई गौरवशाली मुलुक भनेर सम्झन सक्छौँ,’उनले भने।

रक्षामन्त्री पोखरेलले सरकार अहिले नेपाल भ्रमण वर्षको राष्ट्रिय अभियानमा लागेकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए। 
उपप्रधानमन्त्री पोखरेलले सरकारले बनाएका योजना सफल पार्न सबैको साथ र सहकार्य आवश्यक रहेको बताए। रासस
 

प्रकाशित मिति: १५:३९ बजे, शनिबार, पुस २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्