दिलिप हत्या प्रकरणः क्रसर व्यवसायी विपिन महतो पक्राउ
जनकपुरधाम, पुस २६ : प्रहरीले धनुषाका क्रसर व्यवसायी विपिन महतोलाई पक्राउ गरेको छ।
विपिनलाई शनिबार बिहान मिल्स एरियास्थित ससुराली ....

जनकपुरधाम, पुस २६ : प्रहरीले धनुषाका क्रसर व्यवसायी विपिन महतोलाई पक्राउ गरेको छ।
विपिनलाई शनिबार बिहान मिल्स एरियास्थित ससुराली घरबाट पक्राउ गरिएको धनुषा प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए।
अवैध उत्खनन् मार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका मिथिला नगरपालिकामा २४ वर्षीय दिलीपकुमार महतोको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरीले व्यवसायी विपिनलाई पक्राउ गरेको हो।
दिलिपका परिवारका अनुसार तीन दिनअघि क्रसर व्यवसायी विपिनले दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए। महतो शुक्रबार बिहान उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए।
मिथिला नगरपालिका–५ स्थित औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा शुक्रबार बिहान टिपरले किचेर दिलिपको हत्या गरिएको थियो। दिलीपलाई ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेको ढल्केबगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए।











