Kathmandu Press

माफ गर्न नसकिने गल्तीले युक्रेनी जहाज खसालियो : इरान

काठमाडौं, पुस २६ : इरानी सेनाले अघिल्लो हप्ता भएको युक्रेनी जहाज आफ्ना सेनाको मानवीय त्रुटिले खसेको स्वीकार गरेको छ। पश्चिमी मुलुकले उक्त जहाज इरानी स....

माफ गर्न नसकिने गल्तीले युक्रेनी जहाज खसालियो : इरान

काठमाडौं, पुस २६ : इरानी सेनाले अघिल्लो हप्ता भएको युक्रेनी जहाज आफ्ना सेनाको मानवीय त्रुटिले खसेको स्वीकार गरेको छ। पश्चिमी मुलुकले उक्त जहाज इरानी सेनाले क्षेप्यास्त प्रहार गरेर खसालेको दाबी गर्दैै आएका थिए। 

इरानी सेनाले शनिबार एक विज्ञप्ति जारी गर्दै ‘क्षमा गर्न नसकिने’ मानवीय कमजोरीले जहाज खसेको स्वीकार गरेको हो। गत बुधबार युक्रेनी जहाजको फ्लाईट नम्वर ७५२ मा इरानी सेनाले प्रहार गरेको क्षेप्यास्त लागेर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा विमानमा सवार १ सय ७६ जनाकै निधन भएको थियो। 

सेनाका कारण भएको उक्त विमान दुर्घटनाको इरानी राष्ट्रपति हुसान रुहानीले पनि विज्ञप्ति जारी गर्दै माफी मागेका छन्। उक्त विमान तेहरानबाट युक्रेनको राजधानी केइभको लागि उडेको थियो।  विमान दुर्घटनामा ८२ जना इरानी, ५७ जना क्यानाडियन, ११ युक्रेनी र ३ जना व्रिटिश नागरिकको निधन भएको थियो।

प्रकाशित मिति: १२:३५ बजे, शनिबार, पुस २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्