Kathmandu Press

अमेरिका बन्दुक हिंसा : ५ हजार ८ सयको मृत्यु

बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले र्वजनिक गरेको हिजो (आइतबार) सम्मको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ। 
अमेरिका बन्दुक हिंसा : ५ हजार ८ सयको मृत्यु

वासिङ्टन, फागुन ८ : अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष ५ हजार ८ सय जनाको मृत्यु भएको छ।

बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको हिजो (आइतबार) सम्मको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ। 

आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन्।

मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गए राति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो।

गोलीकाण्डको विवरण सार्वजनिक गरिएको छैनभने आक्रमणकारीका बारेमा पनि केही खुलाइएको छैन। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

गत शुक्रबार मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा गोली हानाहान हुँदा ६ जनाको ज्यान गएको थियो। 

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, फागुन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्