Kathmandu Press

रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो

रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो
Hardik ivf

भ्लादिभोस्टक, फागुन ७ : रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ ।

अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो ।  त्यसपछि जलेका अवशेषहरू प्रशान्त महासागरको गैर-नाभिगेसन भागमा खसेको बताइएको छ ।

उक्त कार्गो अन्तरिक्ष यान अक्टोबर सन् २०२२ अक्टोबरमा प्रक्षेपण गरिएको थियो जसले अन्तरिक्ष स्टेशनलाई २.५ टन भन्दा बढी आपूर्तिहरू प्रदान गरेको उल्लेख गरिएको छ । 

प्रकाशित मिति: १८:४० बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्