Kathmandu Press

बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला

प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको  बताइएको छ। आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ।
बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला

सोफिया, फागुन ६ : बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको  बताइएको छ। आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तिनीहरू मध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।  यस विषयमा अनुसन्धान जारी छ।

प्रकाशित मिति: १८:०६ बजे, शनिबार, फागुन ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्