Kathmandu Press

म्यान्माका करिब १ लाख ८० हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै

विद्यालय शिक्षा प्रणालीअन्तर्गतको अन्तिम परीक्षामा एक लाख ७९ हजार छ सय ४९ परीक्षार्थीले आवेदन भरेका म्यान्माको राज्य प्रशासन परिषद्ले जनाएको छ।
म्यान्माका करिब १ लाख ८० हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै

याङ्गुन, फागुन ६ : म्यान्मामा विश्वविद्यालय प्रवेश परीक्षा आगमी मार्च ८ देखि १८ सम्म देशभर हुने भएको छ।

विद्यालय शिक्षा प्रणालीअन्तर्गतको अन्तिम परीक्षामा एक लाख ७९ हजार छ सय ४९ परीक्षार्थीले आवेदन भरेका म्यान्माको राज्य प्रशासन परिषद्ले जनाएको छ। 

शिक्षा मन्त्रालयलाई उद्धृत गर्र्दै परिषद्ले जनाएअनुसार उक्त परीक्षा आधारभूत शिक्षा प्रणालीअनुसार अन्तिमपटक हुन लागेको हो।

कक्षा दश उत्तीर्ण भएकाहरूलाई उच्च शिक्षा हासिल गर्न सोझै विश्वविद्यालयमा प्रवेश दिइन्थ्यो। अब नयाँ प्रणालीअनुसार परीक्षा हुनेछ भने विश्वविद्यालय प्रवेश गर्न कक्षा १२ उत्तीर्ण हुनुपर्छ। 

गत शैक्षिक वर्षमा दुई लाख ८१ हजार सात सय ५१ जना परीक्षार्थी उक्त परीक्षमा सहभागी भएकामा ४६.८८ प्रतिशत मात्र उत्तीर्ण भएका थिए। उक्त परीक्षामा उच्च अङ्क प्राप्त गरेका विद्यार्थीमात्र देशका प्रख्यात विश्वविद्यालयमा भर्ना हुन पाउँछन्। 

प्रकाशित मिति: १७:५७ बजे, शनिबार, फागुन ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्