Kathmandu Press

थप बाह्र अफ्रिकी चितुवा भारतमा

यसअघि पाँच महिनापहिले नामिबियाबाट ल्याइएका आठ वटा चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छाडिएको थियो।
थप बाह्र अफ्रिकी चितुवा भारतमा

नयाँ दिल्ली, फागुन ६ : दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्यमा शनिबार ल्याइएको छ। 

भारतीय वायु सेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर जोहानेसबर्गबाट उडेको १० घण्टापछि मध्य प्रदेशको ग्वालियर शहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले जनाएको छ।

यसअघि पाँच महिनापहिले नामिबियाबाट ल्याइएका आठ वटा चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छाडिएको थियो।

योसँगै भारतमा अफ्रिकी चितुवाको कूल सङ्ख्या २० पुगेको छ। सन् १९५२ मा चितुवालाई भारतबाट लोप भएको घोषणा गरिएको थियो। भारत सरकारको महत्वकाङ्क्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर गर्न सुरुवात भएको हो।

प्रकाशित मिति: १७:४७ बजे, शनिबार, फागुन ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्