Kathmandu Press

महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन

महाशिवरात्रिका अवसरमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले संयुक्तरूपमा उक्त मन्दिरको उद्घाटन गरेका हुन्।
महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन

झापा, फागुन ६ : झापा कारागारमा रहेको नवनिर्मित शिवालय मन्दिरको आज उद्घाटन गरिएको छ। 

महाशिवरात्रिका अवसरमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले संयुक्तरूपमा उक्त मन्दिरको उद्घाटन गरेका हुन्।

समाजसेवी स्व पर्शुराम अग्रवालको परिवारले रू पाँच लाख ५० हजारको लागतमा कारागार परिसरमा शिवालय मन्दिर निर्माण गरिदिएको छ। 

निर्माण थालनी गर्ने पर्शुराम अग्रवालको निधन भएपछि परिवारका तर्फबाट मन्दिर निर्माण गरिएको कान्छा भाइ गोपाल अग्रवालले बताए।

मन्दिर उद्घाटन कार्यक्रममा झापा कारागार प्रशासनले स्व अग्रवालकी धर्मपत्नी मञ्जुदेवीसहित मन्दिर निर्माणकर्ता परिवारलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानसमेत गरेको छ।

प्रकाशित मिति: १६:३४ बजे, शनिबार, फागुन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्